बाढी प्रभावितलाई प्रधानमन्त्री बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्

बाढी प्रभावितलाई बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्।

गएराति फेसबुकमा स्ट्याटस लेखेर प्रधानमन्त्री बालेनले प्रभावितहरूसँगै सरकार रहेकाले आफूलाई एक्लो नठान्न अनुरोध गरेका हुन्।

त्यस्तै, प्रधानमन्त्री शाहले कठिन अवस्थामा प्रभावितलाई सरकारले अलपत्र नछोड्ने बताए। उनले भने, ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’

सरकारले प्रभावितलाई अस्थायी शिविरमा राखेर राहत र स्वास्थ्य सेवा दिइरहेको उनले जानकारी दिए।

त्यसैगरी, प्रभावित को अस्थायी बसाइ सकेसम्म छिटो बनाउने उनले बताएका छन्। सुरक्षित बसोबासको व्यवस्था छिटो मिलाउने प्रतिबद्धता पनि उनले जनाएका छन्।

बाढीबाट भएको पीडा र मानसिक आघातलाई सरकारले गम्भीर रूपमा लिएको उनको भनाइ छ।

यसैबीच, नुवाकोटको बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार भएको घटनाले आशा जगाएको उनले बताए।

१० दिनपछि जीवितै उद्धार हुनुले खोज तथा उद्धारमा सरकार डटेर लागेको सन्देश दिएको शाहको भनाइ छ।

बाढीका कारण धेरै परिवारले घर, खेतबारी र आफन्त गुमाएको उनले उल्लेख गरेका छन्।

वृद्धवृद्धाले समेत आफ्ना सन्तान र नातिनातिना बचाउन कठिन अवस्थामा साहस देखाएको उनले बताएका छन्।

बाढीबाट प्रभावित ज्येष्ठ नागरिकका लागि सरकारले विभिन्न स्थानमा अस्थायी आश्रयको व्यवस्था गरेको छ।

उनीहरूलाई ह्वीलचियर र वाकरसहित आवश्यक स्वास्थ्य सेवा दिइएको शाहले बताएका छन्।

साथै, मानसिक आघात कम गर्न मनोसामाजिक परामर्श पनि उपलब्ध गराइएको छ। प्रधानमन्त्री शाहले आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको बताएका छन्।

एकैपटक संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको उनले उल्लेख गरे। त्यसैले, पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिने कार्य स्वीकार्य नहुने उनको चेतावनी छ।

उनले बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गरेका छन्। ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीप्रति कृतज्ञ हुनुपर्ने उनले बताए।

बाढी प्रभावितलाई बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *