व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरे उजुरी गर्न आग्रह
गृह मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको वा घरायसी काममा प्रयोग गरिएको पाइएमा उजुरी गर्न आग्रह गरेको छ। उजुरीका लागि ९८५१३६०६०३ नम्बर उपलब्ध गराइएको छ।
गृह मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको वा घरायसी काममा प्रयोग गरिएको पाइएमा उजुरी गर्न आग्रह गरेको छ। उजुरीका लागि ९८५१३६०६०३ नम्बर उपलब्ध गराइएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा लेदोसहितको पहिरो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। प्रशासनले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।
लगातारको वर्षाले सर्लाहीमा काटेर सुकाउन राखेको धान भिजाएको छ। ४१ हजार हेक्टरमा धानखेती गरिएको जिल्लामा मौसम प्रतिकूल भएपछि कृषि ज्ञान केन्द्रले तत्काल धान नकाट्न आग्रह गरेको छ।
दशैंका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगु र डोल्पाबाट आएका किसानले हिमपात, बाढीपहिरो र सडक अवरोधका कारण सास्ती खेपेका छन्। ढिलो बजार पुग्दा बिक्री र आम्दानी प्रभावित हुने चिन्ता बढेको छ।
चाडपर्वमा हवाई भाडा बढाइएको गुनासोपछि क्यान र वायुसेवा कम्पनीबीच छलफल भएको छ। स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्न सहमति भएको छ।
नेपाल विद्युत् प्राधिकरणले अनलाइन विद्युत् महसुल तिर्ने घरेलु ग्राहकलाई ६ महिनाका लागि थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिने भएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि विधिवत् सुरु भएको छ। पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्ने यो अवधिका धार्मिक विधिबारे जान्नुहोस्।
सर्लाही–रौतहट सीमा भएर बग्ने बागमती नदीमा बाढी घट्दै गएको छ। बिहानको मापनअनुसार जलसतह ३.६५ मिटरमा झरेको छ।
अविरल वर्षाका कारण काभ्रेसहित विभिन्न जिल्लामा पहिरो, बाढी र सडक अवरोध भएको छ। मनोहरा र हनुमन्तेमा पानीको सतह बढेपछि सतर्कता अपनाइएको छ।
अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो खसेपछि केही समय एकतर्फी भएको थियो ।धादिङको कृष्णभिर सडकखण्डमा पहिरो खसेपछि केही समय एकतर्फी भएको सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम बढेपछि धादिङको कृष्णभिर सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिने भएको छ।