त्रिशूली वारपार गर्न स्थानीयलाई फेरि तुइनकै भर, तस्बिरहरू
बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीय त्रिशूली नदी वारपार गर्न फेरि तुइनको भरमा परेका छन्। तुइनबाट औषधि र अत्यावश्यक सामग्रीसमेत ओसारपसार भइरहेको छ।
बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीय त्रिशूली नदी वारपार गर्न फेरि तुइनको भरमा परेका छन्। तुइनबाट औषधि र अत्यावश्यक सामग्रीसमेत ओसारपसार भइरहेको छ।
प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। सरकारले राहत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको व्यवस्था गरिरहेको उनले बताएका छन्।
बेत्रावतीमा बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
रसुवामा बाढीपछि पाँच दिनसम्म राहत नपाउँदा हाहाकार भोटेकोशी बाढी आएको पाँच दिन बित्दा रसुवाका प्रभावित बस्तीमा राहतको अभाव देखिएको छ। खाद्यान्न सकिँदै गएपछि स्थानीयले तत्काल राहतको माग गरेका छन्।
भोटेकोशी बाढीले नुवाकोटको बेत्रावती तहसनहस बनेको छ। बाढीमा ज्यान गुमाएकाहरूको शव उठाउनसमेत मानिसको अभाव छ भने कतिपय परिवारका सबै सदस्य बेपत्ता हुँदा दाहसंस्कार गर्ने मानिससमेत छैनन्।
रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री शिवालय आधारभूत विद्यालयमा उद्धार गरी ल्याइएका बाढी प्रभावितलाई नेपाल प्रहरीले स्वास्थ्य सेवा प्रदान गरेको छ।
भारतले नेपालका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता र अत्यावश्यक औषधि पठाएको छ। रसुवा र नुवाकोटमा बाढीले ठूलो क्षति पुर्याएको छ।