
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
नेपाल आयल निगमले पेट्रोलमा ५ रुपियाँ र डिजेल-मट्टितेलमा ४ रुपियाँ घटाएर नयाँ मूल्य लागू गरेको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार स्थानीय बजारमा समायोजन गरिएको हो।
नेपाल आयल निगमले पेट्रोलमा ५ रुपियाँ र डिजेल-मट्टितेलमा ४ रुपियाँ घटाएर नयाँ मूल्य लागू गरेको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार स्थानीय बजारमा समायोजन गरिएको हो।
इटहरी उपमहानगरपालिका–१२ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की यात्रु घाइते भएकी छन्। प्रहरीका अनुसार, अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको हो।
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माणसँग सम्बन्धित विवाद समाधान गर्न सरकार वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधान खोजिरहेको बताएका छन्। गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ, जसले आन्दोलनरत पक्षसँग संवाद जारी राखेको छ। स्थानीय, सांस्कृतिक र धार्मिक विषयलाई सम्बोधन गर्ने सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले स्पष्ट पारे।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलको शव फेला परेको छ। शुक्रबार बेलुकीदेखि बेपत्ता भएकी उनी आज बिहान ५ बजे घरदेखि ५ सय मिटर टाढा मृत अवस्थामा भेटिइन्। घटनाको थप अनुसन्धान जारी छ।
आज देशभर पश्चिमी वायुको प्रभाव रहँदा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही भागमा हुस्सु-कुहिरो लाग्न सक्छ। मौसमले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।
खोटाङको हलेसी बजारमा भीषण आगलागी हुँदा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अन्य दुई घरमा क्षति पुगेको छ। आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी र सुरक्षा निकाय परिचालित छन्।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ।
पाँच महिना बितिसक्दा पनि बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि कुनै ठोस निष्कर्षमा पुग्न सकिएको छैन। विभिन्न तीन विकल्पमाथि छलफल भए पनि पुनर्निर्माण प्रक्रिया अन्योलमै छ।
धरान कृषि उपज बजारस्थलमा दैनिक रूपमा कृषि उपजको कारोबार बढिरहेको छ। यहाँका किसान र व्यापारीहरू सिजन अनुसार विभिन्न कृषि उपज, फलफूल, र पशुजन्य सामग्रीहरूको कारोबार गर्दै व्यवसायिक कृषि गतिविधिहरूमा वृद्धि देखिएको छ।
झापाको बिर्तामोडस्थित एभरेष्ट होटलमा ३० वर्षीय युवकको शव फेला परेको छ। उनीसँगै बसेकी युवती र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।