
देशभर मौसम बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
देशभर हाल पश्चिम वायु, स्थानीय वायु र कोशी प्रदेशमा सक्रिय मनसुनी वायुको प्रभावका कारण मौसम बदली भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।