अविरल वर्षा र पहिरो : देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित
अविरल वर्षाका कारण काभ्रेसहित विभिन्न जिल्लामा पहिरो, बाढी र सडक अवरोध भएको छ। मनोहरा र हनुमन्तेमा पानीको सतह बढेपछि सतर्कता अपनाइएको छ।
अविरल वर्षाका कारण काभ्रेसहित विभिन्न जिल्लामा पहिरो, बाढी र सडक अवरोध भएको छ। मनोहरा र हनुमन्तेमा पानीको सतह बढेपछि सतर्कता अपनाइएको छ।
धादिङको कृष्णभिरमा नयाँ ट्रयाक निर्माणपछि करिब १८ दिनदेखि प्रभावित पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालन भएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाउनेप्रति रूपन्देहीको बेलहियामा दीप प्रज्ज्वलन र मौनधारणसहित श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।
त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार भएको छ। उद्धारका क्रममा ठूलो अवरोध सामना गर्नुपरेको इन्जिनियरहरूले बताएका छन्।
बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीय त्रिशूली नदी वारपार गर्न फेरि तुइनको भरमा परेका छन्। तुइनबाट औषधि र अत्यावश्यक सामग्रीसमेत ओसारपसार भइरहेको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–४ मा मान्द्रुङ खोलामा आएको बाढीले तीन घर बगाएको छ। बाढीले एउटा फलामको पुलमा समेत क्षति पुर्याएको छ।
बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदीमा आएको तीव्र बहावले सडकको तल्लो भाग कटान गर्दा सडक केही भासिएको छ भने यात्रुहरू अलपत्र परेका छन्।
पोखरामा सडकको नालीमा आएको भेलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ। स्कुटरमा यात्रा गरिरहेका बेला भेलमा परेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको थियो।
शका विभिन्न जिल्लामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीले १५७ जनाको शव फेला परेको जनाएको छ।
अविरल वर्षाले सडक अवरुद्ध भएपछि देशका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। पहिरो र बाढीका कारण दर्जनौँ सडकखण्डमा आवागमन रोकिएको छ।