९ असोज, चितवन । सर्लाहि र रौतहटको सिमनामा पर्ने बागमती नदीमा आज दिउँसो जल सतहको अवस्था सामान्य भन्दा हल्का बढेको छ।
प्राविधिकले दिउँसो १२ बजेको मापन अनुसार बागमती नदीको जलसतह ३.९० मिटर मापन गरिएको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक (गेज रिडर) राजु पाटा मगरले अहिले दिउँसो बाढी बढेर जलसतह केही वृद्धि भएको बताएका छन् ।
बागमती सिँचाई आयोजनाको ड्यामका सम्पूर्ण ३६ वटै ढोका खोलिएको बागमती सिँचाई आयोजनामा कार्यरत विनोद पासवानले बताए ।
सर्लाही तथा रौतहट दुवैतर्फको नहरका ढोका भने बन्द गरिएको छ ।
बागमतीसहित लखन्देही, बाँके, फूलजोर, कालिन्जोरलगायतका खोलामा पनि बाढी आइरहेको छ ।
सर्लाहीका सिडिओ विजयराज सुवेदीले आज दिउँसोसम्म जिल्लाभरको अवस्था सामान्य रहेको छ।
अवस्था सामान्य भएता पनि सतर्कता अपनाउनु पर्ने बताएका छन् ।




