
बारबर्दियाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यलाई मदिरा सेवनपछि नगर प्रमुख र उप प्रमुखलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार नगरपालिकाले अभद्र व्यवहारको मुद्दा अघि बढाउन माग गरेपछि उनलाई पुनः नियन्त्रणमा लिइएको हो।