सल्यानमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, ४ जना घाइते
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
अविरल वर्षाले सडक अवरुद्ध भएपछि देशका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। पहिरो र बाढीका कारण दर्जनौँ सडकखण्डमा आवागमन रोकिएको छ।
दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनामा ३६ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन।
जुम्लामा प्रारम्भिक मतगणनामा राप्रपा अग्रस्थानमा देखिएको छ। नेपाली कम्युनिष्ट पार्टी दोस्रो स्थानमा छ भने कांग्रेस र एमाले पछि छन्।
David Ramdam Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘परिवर्तन’ गीतले Gen Z आन्दोलनमा सहिद भएका युवाहरू र उनीहरूका छोराछोरीको पीडालाई संगीत र दृश्यमार्फत मार्मिक ढंगले प्रस्तुत गरेको छ।
गोकर्ण विष्ट सुन्दै–सुनाउँदै अभियानमार्फत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले भीडमुखी सभा भन्दा प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै मतदातासँग गुनासा, सुझाव र अपेक्षा सुन्दै फरक शैलीको चुनावी अभियान सञ्चालन गरिरहेका छन्।
दार्चुलाको नौगाड गाउँपालिका–१ नागु क्षेत्रका स्थानीयले सडक निर्माणको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने अडान कायमै राखेका छन्। विकासका वाचा पूरा नभएको भन्दै उनीहरूले मतदान नगर्ने निर्णय गरेका हुन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन्। जनयुद्ध सुरु भएको स्थानबाट नयाँ ऊर्जा र उत्प्रेरणासहित अघि बढ्ने उनले स्पष्ट पारेका छन्।
Excerpt (Nepali):
मनाङ र मुस्ताङमा लगातारको हिमपातका कारण अवरुद्ध भएका सडक मार्गहरू सशस्त्र प्रहरीले हिउँ पन्छाएर सञ्चालनमा ल्याएको छ। यात्रु र पर्यटकहरूलाई सावधानी अपनाउन सशस्त्र प्रहरीले आग्रह गरेको छ।
दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको पुल मर्मतका कारण साउन २१ देखि २४ गतेसम्म दुई पांग्रे बाहेक अन्य सवारी आवागमन बन्द गरिने भएको छ।