गोरखामा बाढीले तीन घर बगायो : चुमनुब्री गाउँपालिका

गोरखामा बाढीले तीन घर बगायो

काठमाडौं । चुमनुब्री गाउँपालिका–४ गोरखामा रहेको मान्द्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ।

गएराति करिब साढे ३ बजे खोलामा बाढी आएको थियो। बाढीले नाम्रुङका तीन वटा घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।

बाढीले नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको हो। भारी वर्षापछि मान्द्रुङ खोलामा अचानक बाढी आएको बताइएको छ।

त्यसैगरी, बाढीले एउटा फलामको पुलमा समेत क्षति पुर्‍याएको छ। गोरखाका डीएसपी राजकुमार श्रेष्ठले पुलमा क्षति पुगेको जानकारी दिए।

बाढीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन। अहिले वर्षा रोकिएकाले खोलाको बहाव पनि घट्दै गएको डीएसपी श्रेष्ठले बताए।

यसैबीच, प्रशासनले नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

खोलाको बहाव बढ्न सक्ने भएकाले जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

गोरखामा बाढीले तीन घर बगायो
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *