व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरे उजुरी गर्न आग्रह

व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरे उजुरी गर्न आग्रह

काठमाडौँ। गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाइएको वा घरायसी तथा व्यक्तिगत कामका प्रयोग गरिएको पाइएमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीलाई अन्य कामका प्रयोग गरिएको गुनासो आएपछि यस्तो कदम चालेको हो। साथै, नियमविपरीत सुरक्षाकर्मी खटाउने अधिकृत तथा पदाधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र सम्बन्धित दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइसकेको जानकारी दिएका छन्। यो निर्देशन ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ अनुसार लागू हुने मन्त्रालयले जनाएको छ।

व्यक्तिगत कामका सुरक्षाकर्मी खटाए कारबाही

मन्त्रालयका अनुसार बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले पठाउने व्यक्तिगत सुरक्षाकर्मीसम्बन्धी व्यवस्था कार्यविधिमा स्पष्ट गरिएको छ। तर, पछिल्लो समय सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत कामका लगाइएको गुनासो प्राप्त भएको छ। त्यसैले मन्त्रालयले कार्यविधिको पालना गर्न र नियमविपरीत खटाइएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन निर्देशन दिएको हो।

सुरक्षाकर्मीलाई सुरक्षा प्रदान गर्ने जिम्मेवारीबाट अन्य कामका प्रयोग गरिएको पाइएमा सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने मन्त्रालयले जनाएको छ। यसले व्यक्तिगत सुरक्षाका लागि खटाइएका जनशक्तिको दुरुपयोग रोक्ने उद्देश्य राखेको छ।

गृह मन्त्रालयले सुरक्षाकर्मीलाई घरायसी वा व्यक्तिगत कामका प्रयोग गरिएको जानकारी पाएमा उजुरी गर्न आग्रह गरेको छ। यसका लागि सम्बन्धित सुरक्षाकर्मी वा सर्वसाधारणले मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

उजुरी तथा सूचना दिन मन्त्रालयले ९८५१३६०६०३ नम्बर उपलब्ध गराएको छ। साथै, सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने मन्त्रालयले स्पष्ट पारेको छ। त्यसैले कार्यविधिविपरीत सुरक्षाकर्मी प्रयोग गरिएको जानकारी भएका व्यक्तिले उपलब्ध गराइएको नम्बरमा सूचना दिन सक्नेछन्।

व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरे उजुरी गर्न आग्रह
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *