बाढी प्रभावितलाई प्रधानमन्त्री बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्
प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। सरकारले राहत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको व्यवस्था गरिरहेको उनले बताएका छन्।
प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। सरकारले राहत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको व्यवस्था गरिरहेको उनले बताएका छन्।
दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनामा ३६ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन।
नेकपा एमालेले सरकारले इतिहासमा स्थापित राजनीतिक दलहरूलाई अस्वीकार गर्ने बाटो नअपनाउन चेतावनी दिएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारलाई मित्रवत् सम्बन्धमा अघि बढ्न सुझाव दिँदै निषेधको राजनीतिले देशलाई लाभ नपुर्याउने बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उनले शिक्षा नै राष्ट्रको समृद्धिको मुख्य आधार भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाउन निर्देशन दिँदै सरकारी कार्यक्रमको परिपाटीको अन्त्य गर्नुपर्ने बताए। यस वर्ष तीन दिनसम्म विविध कार्यक्रम आयोजना हुनेछन्।
नेपाली कांग्रेसका उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कांग्रेसको नेतृत्वमा रहँदा, पार्टीका सदस्यहरूलाई सरकारलाई सफल बनाउन रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा, र रूढीवादी परम्पराको अन्त्यका लागि सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। एक कार्यक्रममा बोल्दै, उनले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए। मन्त्री गुरुङले ऐनकानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै, बोक्सी प्रथा, सति प्रथा, हलिया, छाउपडी, हरवाचरवा, र कम्लरी प्रथालाई पूर्ण रूपमा अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिक रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेको भए पनि आर्थिक रूपमा मुलुक धेरै पछाडि रहेको औँल्याए। कार्यक्रमको अवसरमा बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गरियो।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने, “हदबन्दी भन्दा बढीको जग्गा बैंकमा धितो राख्न सक्ने सरकारले ल्याएको विधेयक सर्वोच्च अदालतको फैसला विपरीत रहेको बताएका छन्।”
मधेसमा पानीको स्रोत सुक्दै ,’चुरे बचाऊ पानी देऊ’ अभियानमा किसान