लगातारको वर्षाले काटेर सुकाउन राखेको धान भिजाएपछि किसान चिन्तित

लगातारको वर्षाले काटेर सुकाउन राखेको धान भिजाएपछि किसान चिन्तित

सर्लाही, २४ : लगातारको वर्षाले काटेर सुकाउन राखेको धान भिजाएपछि सर्लाहीका किसान चिन्तित बनेका थिए। आज फेरि पानी परेर धानको पाँजा भिजाएपछि सर्लाहीका किसान चिन्तित बनेका हुन् ।

अस्ती बिहीबार परेको पानी खेतमा सुक्न नपाउदै आज बिहान दुई तीन बजेदेखि नै चट्याङसहित वर्षा भइरहेको छ । चट्याङसहितको वर्षाले खेतमा सुकाएको धान भिजाएको छ ।

दशैको मुखमा आउदा आज बिहानैदेखि मौसम प्रतिकूल बनेर धानको पाँजा भिजाउँदा किसान चिन्तित परेका छन।

मौसम उघ्रिएला र धान काटौँला भन्ने आसमा बसेका किसान झरी परेपछि मारमा परेका छन् ।सर्लाहीमा बिहानीपख केही भू-भागमा भारी वर्षासमेत भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सर्लाहीको नवलपुरस्थित जलमापन केन्द्रमा ६१.२ र मनुषमारा जलमापन केन्द्रमा ५३.४ मिलिलिटर वर्षा मापन भएको छ ।कृषि ज्ञान केन्द्र सर्लाहीले मौसम प्रतिकूल बनेकाले तत्काल धान नकाट्न आग्रह गरेको छ ।

कृषि ज्ञान केन्द्र सर्लाहीका सूचना अधिकारी एवं बाली विकास अधिकृत कविन्द्रसिंह ठगुन्नाले छिटो पाक्ने जातको धान (भदैया) काट्ने समय भएपनि तत्काल मौमस खराब भएकाले धान काट्न हतार नगर्न आग्रह गरेका छन् ।

उनका अनुसार सर्लाहीमा यो वर्ष ४१ हजार हेक्टरमा धानबाली लगाइएको छ ।यस्तै दशैँको मुखमा निरन्तर पानी परेर खोलामा बाढी आउँदा चुरेवर्ती क्षेत्रका स्थानीयलाई लालबन्दी बजारसम्म आउजाउमा असाध्य समस्या परिरहेको छ ।

लगातारको वर्षाले काटेर सुकाउन राखेको धान भिजाएपछि किसान चिन्तित
लगातारको वर्षाले काटेर सुकाउन राखेको धान भिजाएपछि किसान चिन्तित
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *