मोन्था चक्रवातका कारण सिन्धुलीमा बीपी राजमार्ग राति बन्द
मोन्था चक्रवातको प्रभावका कारण सिन्धुली–काठमाडौँ बीपी राजमार्ग राति बन्द गरिएको छ। प्रशासनले मानवीय र भौतिक क्षति न्यूनीकरणको लागि सवारी साधन रोक्न आग्रह गरेको छ।
मोन्था चक्रवातको प्रभावका कारण सिन्धुली–काठमाडौँ बीपी राजमार्ग राति बन्द गरिएको छ। प्रशासनले मानवीय र भौतिक क्षति न्यूनीकरणको लागि सवारी साधन रोक्न आग्रह गरेको छ।
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दैछ। कोशी र मधेस प्रदेशमा भारी वर्षा, पहिरो र नदी सतह वृद्धि हुने सम्भावना छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको कारण उच्च जोखिम क्षेत्रका सडकमा रात्रिकालीन बस नचलाउन सचेत गराएको छ। जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा हुने प्रक्षेपण गरेपछि प्राधिकरणले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा अविरल वर्षापछि आएको बाढीले भक्तपुर, ललितपुर, र काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। एक जनाको मृत्यु भएको र बस्तीहरूमा व्यापक क्षति भएको छ।
बाढीको समयमा सुरक्षित रहनका लागि पूर्व तयारी गर्नु, चेतावनीहरू ध्यान दिनु, सुरक्षित स्थानमा जानु, बाढीको समयमा सतर्क रहनु, यातायातका साधनको प्रयोग नगर्नु, र उद्धार टोलीसँग सहकार्य गर्नु महत्वपूर्ण छ। यी उपायहरू अपनाएमा तपाईं र तपाईंको परिवारको सुरक्षामा मद्दत पुग्न सक्छ।
काठमाडौंमा जल तथा मौसम विज्ञान विभागले एक दर्जनभन्दा बढी मौसमजन्य विपदका घटनाको पूर्वसूचना एसएमएसमार्फत् प्रवाह गर्ने तयारी गरेको छ। यसअघि केवल बाढीको पूर्वसूचना दिइने गरिन्थ्यो, तर अब विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरूको पूर्वसूचना निःशुल्क प्रदान गर्ने योजना छ। नेपाल टेलिकम र एनसेलसँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।
पाँच वर्षअघि महाकाली नदीमा आएको बाढीले परशुराम-६ का अकबर भट्टको घर खेत बगायो । बाँकी रहेको थोरै जमिनमा सानो टहरो बनाएर बसिरहनु भएका भट्टलाई अहिले पनि आकाशमा बादल लाग्दा त्यही टहरो पनि बगाउने हो कि भन्ने चिन्ता छ ।