
प्रधानमन्त्री ओलीद्वारा भोटेकोशी बाढी पीडित क्षेत्रको स्थलगत अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोलीले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै उद्धार र राहत प्रयासबारे स्थानीयसँग छलफल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोलीले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै उद्धार र राहत प्रयासबारे स्थानीयसँग छलफल गरेका छन्।
सर्लाहीको बलरा नगरपालिका–१० मा भएको दुई पक्षबीचको झडपमा १३ जना घाइते भएका छन् भने घटनाको अनुसन्धान र सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।
काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा १११ जना पक्राउ परेका छन्। तोडफोड, आगजनी, लुटपाटमा संलग्न रहेका प्रदर्शनकारी पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–१२ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की यात्रु घाइते भएकी छन्। प्रहरीका अनुसार, अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको हो।
कैलालीको मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। मृतकका शव ३० मिटर पर फेला परेको प्रहरीले जनाएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–९ मा आज बिहान गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ।
डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च. ३७४९ नम्बरको कारले निलगाईलाई ठक्कर दिँदा सो घटना भएको हो।
काभ्रेपलान्चोक जिल्लाको अरनिको राजमार्ग अन्तर्गत ५२ किलोमा बस र स्कुटर ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको छ। सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरू उद्दार कार्यमा जुटेका छन् भने घाइतेहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
नेपालमा प्रतिवर्ष तीन हजारभन्दा बढी डढेलोका घटना हुने गरेका छन्, जसले औसतमा छ हेक्टर वन क्षेत्रलाई प्रतिघटना प्रभावित बनाउँछ। ६५ प्रतिशत डढेलो अप्रिल महिनामा लाग्ने तथ्यांकले देखाउँछ कि यो समस्या मौसमी खडेरीसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
खोटाङको हलेसी बजारमा भीषण आगलागी हुँदा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अन्य दुई घरमा क्षति पुगेको छ। आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी र सुरक्षा निकाय परिचालित छन्।
बाजुराका अधिकांश गाउँमा महिनावारी भएका महिलाहरूलाई मठमन्दिर नजिकका बाटो हिँड्नसमेत रोक लगाइन्छ। छाउप्रथा उन्मूलनका प्रयास भए पनि सामाजिक परम्पराले महिलाहरू अझै विभेदको शिकार बनिरहेका छन्।