बागमती नदीमा बढ्यो जलसतह, सिँचाइ आयोजनाका ३६ ढोका खुला
बागमती नदीमा जलसतह बढे पनि अवस्था सामान्य रहेको छ। दिउँसो १२ बजेको मापनअनुसार जलसतह ३.९० मिटर पुगेको छ भने बागमती सिँचाइ आयोजनाका ३६ वटै ढोका खोलिएका छन्।
बागमती नदीमा जलसतह बढे पनि अवस्था सामान्य रहेको छ। दिउँसो १२ बजेको मापनअनुसार जलसतह ३.९० मिटर पुगेको छ भने बागमती सिँचाइ आयोजनाका ३६ वटै ढोका खोलिएका छन्।
लगातारको वर्षाका कारण काभ्रेको भुम्लु–५ स्थित सल्ले प्रहरी चौकी पहिरोको जोखिममा परेको छ। पहिरोपछि भवनलाई त्रिपालले छोपेर सुरक्षात्मक उपाय अपनाइएको छ।
अविरल वर्षाका कारण काभ्रेसहित विभिन्न जिल्लामा पहिरो, बाढी र सडक अवरोध भएको छ। मनोहरा र हनुमन्तेमा पानीको सतह बढेपछि सतर्कता अपनाइएको छ।
अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो खसेपछि केही समय एकतर्फी भएको थियो ।धादिङको कृष्णभिर सडकखण्डमा पहिरो खसेपछि केही समय एकतर्फी भएको सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम बढेपछि धादिङको कृष्णभिर सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिने भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरा सडक खण्डमा इभी दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदार प्रतिनिधिसँग विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे छलफल गर्नुभएको छ।
नेपाल टेलिकमद्वारा भोटेकोशी बाढीपीडितलाई १० करोड सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाउनेप्रति रूपन्देहीको बेलहियामा दीप प्रज्ज्वलन र मौनधारणसहित श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।
सुवाको भोटेकोसी बाढी प्रभावित बालबालिकाको शिक्षामा अवरोध नहोस् भन्दै नेपाल सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति यो जना’ घोषणा गरेको छ।