अविरल वर्षा र पहिरो : देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित
अविरल वर्षाका कारण काभ्रेसहित विभिन्न जिल्लामा पहिरो, बाढी र सडक अवरोध भएको छ। मनोहरा र हनुमन्तेमा पानीको सतह बढेपछि सतर्कता अपनाइएको छ।
अविरल वर्षाका कारण काभ्रेसहित विभिन्न जिल्लामा पहिरो, बाढी र सडक अवरोध भएको छ। मनोहरा र हनुमन्तेमा पानीको सतह बढेपछि सतर्कता अपनाइएको छ।
काठमाडौँ, असोज ४ गते । धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। विगत १५ वर्षदेखि अलपत्र रहेको यो आयोजना अहिले तीव्र गतिमा अघि बढेको हो। मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ। बाँकी कामले गति पाएसँगै आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने तयारी…
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
भोटेकोशीमा बाढी आएको ११ दिनपछि बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। चण्डिका श्रेष्ठलाई सुरक्षाकर्मीले बाढीले पुरिएको घरबाट उद्धार गरेका हुन्।
भोटेकोशी बाढीपीडितका लागि सर्लाहीको लालबन्दीमा स्थानीय तथा विभिन्न संघसंस्थाले राहत संकलन गरेका छन्। खाद्यान्न, कपडा, भान्छाका सामग्री र नगद सहयोग जुटाइएको छ।
भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सिरहाका पाँच पालिकाले ५१ लाख १३ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएका छन्।
अविरल वर्षाले सडक अवरुद्ध भएपछि देशका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। पहिरो र बाढीका कारण दर्जनौँ सडकखण्डमा आवागमन रोकिएको छ।
गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ ।
गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी वार्ता टोली
लालबन्दीका शिक्षक नवराज न्यौपानेको उपचारका क्रममा निधन भएपछि नगरपालिकाले शोक व्यक्त गरेको छ। साथै सबै विद्यालयमा एक दिन शोक बिदा घोषणा गरिएको छ।
रौतहट प्रहरीले कागजपत्रविहीन १५ मोटरसाइकल र भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीको कुल मूल्य करिब ११ लाख ७७ हजार रुपैयाँ रहेको छ।