अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अस्ट्रेलियाले डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदैछ। यो नियम छल्न ‘एम्पायर फेमिली’ नामक प्रसिद्ध अस्ट्रेलियाली परिवार बेलायत सर्ने तयारीमा छ। सरकारले नियम तोड्नेलाई ५ करोड अस्ट्रेलियाली डलर जरिवाना गर्ने चेतावनी दिएको छ।


