मोन्था चक्रवातका कारण सिन्धुलीमा बीपी राजमार्ग राति बन्द

अविरल वर्षाले बीपी राजमार्ग दुबै तर्फ अवरुद्ध

सिन्धुली : मोन्था चक्रवातको प्रभावका कारण सिन्धुली क्षेत्रमा भारी वर्षा र बाढी–पहिरोको जोखिम बढेपछि बीपी राजमार्ग रातिको समयमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरेको हो।

जिल्ला प्रशासनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार कात्तिक १३ देखि १५ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जनाउँदै कात्तिक १३ र १४ गते राति ७ बजेदेखि बिहान ९ बजेसम्म सिन्धुलीको खुर्कोटबाट काठमाडौँतर्फ जाने सबै प्रकारका सवारी साधनलाई रोक लगाएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा बर्सात र बाढी–पहिरोको जोखिमका कारण यात्रु र सवारी साधनको सुरक्षा सुनिश्चित गर्न यो कदम आवश्यक रहेको उल्लेख छ। प्रशासनले दिउँसो पनि भारी वर्षा भएमा सुरक्षा निकायमार्फत सुरक्षित स्थानमा सवारी रोक्न सक्ने जानकारी दिएको छ।

विशेष गरी बीपी राजमार्ग र मध्य पहाडी राजमार्गमा वर्षा हुँदा सवारी साधन चलाउँदा जोखिम हुन सक्ने भएकाले प्रशासनले सबै चालक र यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ। प्रशासनको यो निर्णयले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायहरूले यातायातलाई नियमित र सुरक्षित बनाउने लागि सचेतना कार्यक्रम समेत सञ्चालन गरिरहेका छन्। यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने प्रशासनको सुझाव छ।

 मोन्था चक्रवातका कारण सिन्धुलीमा बीपी राजमार्ग राति बन्द
मोन्था चक्रवातका कारण सिन्धुलीमा बीपी राजमार्ग राति बन्द
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *