खुर्कोट : पहिरोले बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिकाका दुई ठाउँमा गएराति सुख्खा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको हो।
रोशी गाउँपालिका वडा नम्बर–९ को बिरुवा डाँडा र १२ नम्बर वडाको माम्तीमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली खटिएका छन् ।


