रसुवा। रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री शिवालय आधारभूत विद्यालयमा उद्धार गरी ल्याइएका बाढी प्रभावित लाई नेपाल प्रहरीले स्वास्थ्य सेवा प्रदान गरेको छ।
बाढीका कारण प्रभावित भएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रहरीले स्वास्थ्य जाँच तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै राहत तथा स्वास्थ्य सेवाको आवश्यकता बढिरहेका बेला नेपाल प्रहरीलगायत सुरक्षा निकायले प्रभावित नागरिक सहयोगमा विभिन्न कार्य गरिरहेका छन्।
प्रभावित नागरिक अवस्था, आवश्यक उपचार तथा थप सहयोगको आवश्यकता पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर सेवा उपलब्ध गराउने कार्य भइरहेको छ।



