चरिकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामान भेटिएपछि चेतावनी

चरिकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामान भेटिएपछि चेतावनी

काठमाडौँ , असोज १ गते । दोलखाको चरिकोट बजारमा खाद्य तथा ग्यास डिलरहरूको अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलको नेतृत्वमा बुधबार बजार अनुगमन गरिएको हो।

पशुपति मन्दिर डाँडाबाट सुरु भएको अनुगमन सातदोबाटो चोकसम्म गरिएको थियो। अनुगमनका क्रममा खाद्यजन्य सामान बिक्री गर्ने पसल तथा ग्यासका सबै डिलरहरूको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो।

अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रेका खाद्य सामग्री राखिएको भेटिएको थियो। म्याद गुज्रेका सामान भेटिएपछि सम्बन्धित पसल सञ्चालकलाई चेतावनी दिँदै सुधार गर्न भनिएको छ।

स्नेहा स्टोर्समा धेरै खाद्य सामग्री म्याद गुज्रेको अवस्थामा भेटिएको पोखरेलले जानकारी दिनुभयो। त्यसपछि उक्त पसल बन्द गरी म्याद भएको ताजा सामान ल्याउन निर्देशन दिइएको छ।

म्याद भएका नयाँ सामान ल्याएपछि प्रशासनको रोहवरमा मात्रै पसल खोल्न दिइने चेतावनी दिइएको छ। अन्य पसलका सञ्चालकलाई पनि नियमानुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो।

बजार अनुगमनका क्रममा खाद्य सामग्रीको म्याद तथा बिक्री लागि राखिएका सामानको अवस्थाबारे निरीक्षण गरिएको थियो। साथै, ग्यास डिलरहरूको अवस्थासमेत अनुगमन गरिएको प्रशासनले जनाएको छ।

अनुगमनमार्फत बजारमा बिक्री भइरहेका खाद्य सामग्रीको अवस्थाबारे निरीक्षण गरिएको हो। उपभोक्तालाई म्याद गुज्रेका सामग्री बिक्री हुन नदिन प्रशासनले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।

चरिकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामान भेटिएपछि चेतावनी
चरिकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामान भेटिएपछि चेतावनी
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *