
चलचित्र ‘सिटामोलबाट’ श्री कृष्णको उदय – श्रावण २३ मा प्रदर्शन
चलचित्र ‘सिटामोलबाट’ श्री कृष्णको उदय – श्रावण २३ मा प्रदर्शन
चलचित्र ‘सिटामोलबाट’ श्री कृष्णको उदय – श्रावण २३ मा प्रदर्शन
मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली परिकारलाई राष्ट्रियताको पहिचानसँग जोड्दै विश्वसामु नेपालको चिनारी बनाउनुपर्ने र पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले काठमाडौंको वसन्तपुरमा आयोजित सभामा धमिलो पानीमा माछा मार्ने दुस्साहसविरुद्ध सचेत रहन आग्रह गर्दै नेवार समुदायको इतिहासबाटै नेपाली समाजवादको यात्रा सुरु हुने बताउनुभयो।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा फिल्म सिटामोल को पोस्टर सार्वजनिक गर्दै साउन २३ गते प्रदर्शन मिति घोषणा गरिएको छ। सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको यो फिल्म सामाजिक कथामा आधारित छ, जसले नेपाली दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत “फूल फूल्यो फक्रियो” सार्वजनिक भएको छ। जीवन, प्रेम र संवेदनाको मिठो संगालो बोकेको यो गीत गायिका तारा अधिकारीको स्वरमा सजिएको छ भने संगीत दीपक शर्माले भरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनाका लागि बल्खुमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले स्थल निरीक्षण गरिसकेको र जनसहभागिता सहितको प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ।
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यलाई मदिरा सेवनपछि नगर प्रमुख र उप प्रमुखलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार नगरपालिकाले अभद्र व्यवहारको मुद्दा अघि बढाउन माग गरेपछि उनलाई पुनः नियन्त्रणमा लिइएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको अन्त्येष्टि पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार सम्पन्न भएको छ।
पश्चिमी वायुको प्रभावले कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कतिपय स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बर्दीबासका किसानहरू गोलभेँडाको मूल्य गिरावटले चिन्तित छन्। भारतीय तरकारीको अतिक्रमण र निकासी प्रभावित हुँदा नेपाली उत्पादनले बजार पाउन नसकेको किसानहरूको गुनासो छ। उचित मूल्य नपाएपछि किसानहरू मारमा परेका छन्।