विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल

विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं, भदौ २४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदार प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज बैठक बसेको हो ।  

बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति थियो।

बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्याङ्कनका विषयमा सरोकारवालाबिच समीक्षा भएको छ । 

विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल
विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *