बागमतीमा बाढी घट्दै, जलसतह ३.६५ मिटरमा झर्यो
सर्लाही–रौतहट सीमा भएर बग्ने बागमती नदीमा बाढी घट्दै गएको छ। बिहानको मापनअनुसार जलसतह ३.६५ मिटरमा झरेको छ।
सर्लाही–रौतहट सीमा भएर बग्ने बागमती नदीमा बाढी घट्दै गएको छ। बिहानको मापनअनुसार जलसतह ३.६५ मिटरमा झरेको छ।
अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो खसेपछि केही समय एकतर्फी भएको थियो ।धादिङको कृष्णभिर सडकखण्डमा पहिरो खसेपछि केही समय एकतर्फी भएको सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम बढेपछि धादिङको कृष्णभिर सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिने भएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षाको सम्भावना देखिएको छ। कोशी, मधेस र बागमतीका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
मोन्था चक्रवातको प्रभावका कारण सिन्धुली–काठमाडौँ बीपी राजमार्ग राति बन्द गरिएको छ। प्रशासनले मानवीय र भौतिक क्षति न्यूनीकरणको लागि सवारी साधन रोक्न आग्रह गरेको छ।
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दैछ। कोशी र मधेस प्रदेशमा भारी वर्षा, पहिरो र नदी सतह वृद्धि हुने सम्भावना छ।
देशभर मनसुन सक्रिय रहँदा विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहिरो, गेग्रान बहाव र नदीको सतह बढ्न सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको कारण उच्च जोखिम क्षेत्रका सडकमा रात्रिकालीन बस नचलाउन सचेत गराएको छ। जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा हुने प्रक्षेपण गरेपछि प्राधिकरणले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
इथियोपियाको गोफा क्षेत्रमा भारी वर्षापछि गएको पहिरोमा २२९ जनाको मृत्यु भएको छ। उद्धार टोलीले मृतकको खोजी जारी राखेको छ।