सल्यानमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, ४ जना घाइते

सल्यानमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौ : सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको हो। दुवै जनाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूमा त्रिवेणी गाउँपालिका–५ का २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्लीबहादुर वली र त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते चारै जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यानमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, ४ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, ४ जना घाइते
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *