सल्यानमा जिप दुर्घटना, तीन जनाको मृत्यु र सात घाइते

सल्यानमा जिप दुर्घटना, तीन जनाको मृत्यु र सात घाइते

काठमाडौँ, १४ कात्तिक। सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकमा दुर्घटना भएको हो। श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि उद्धार गरिएका १० जनालाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको थियो। तर, उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।

सल्यानमा जिप दुर्घटना , सात जना घाइते

दुर्घटनामा घाइते भएका सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैको अवस्था र पहिचानबारे थप विवरण भने उपलब्ध गराइएको छैन।

जिप चालक प्रहरी नियन्त्रणमा

दुर्घटनामा संलग्न जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउने हुन्। उनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कच्ची सडकखण्डमा भएको दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *