काभ्रेपलाञ्चोक जिल्लाको दुई स्थानमा पहिरो, बीपी राजमार्गमा यातायात बन्द

काभ्रेपलाञ्चोक जिल्लाको दुई स्थानमा पहिरो, बीपी राजमार्गमा यातायात बन्द

काभ्रे — काभ्रेपलाञ्चोक जिल्लाको बीपी राजमार्ग अन्तर्गत दुई स्थानमा पहिरो र खहरे खोलाको लेदो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, जिल्लास्थित रोशी गाउँपालिका–९ पिन्थलीमा सडक माथिबाट ढुङ्गा र माटोसहितको लेदो खसेको छ भने रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको छ ।

दुवै स्थानमा सडक अवरुद्ध भएपछि अहिले बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा बन्द भएको उनले जानकारी दिए ।सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *