हरिवनमा प्रेम विवाह पछि राजमार्ग अवरुद्ध
सर्लाहीको हरिवनमा प्रेम विवाह गरेर भागेका जोडीलाई नियन्त्रणमा लिन माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध पारेका छन्। प्रहरीको पहलपछि राजमार्ग पुनः सुचारु भएको छ।
सर्लाहीको हरिवनमा प्रेम विवाह गरेर भागेका जोडीलाई नियन्त्रणमा लिन माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध पारेका छन्। प्रहरीको पहलपछि राजमार्ग पुनः सुचारु भएको छ।
ललितपुरको जावलाखेलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा प्रमुख विषय बनेको छ। अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योगेश भट्टराईसहित शीर्ष नेताहरूको आलोचना तीव्र बनेको छ भने, आगामी महाधिवेशन र पार्टीको भविष्यबारे पनि तीव्र बहस चलिरहेको छ।
सूचीकरण नगरेका कारण सरकारले रेडिटसहित सामाजिक सञ्जाल प्रतिबन्ध गरेपछि युवाहरूले विरोधमा आन्दोलन घोषणा गरेका छन्। ८ सेप्टेम्बरमा संसद भवनदेखि पोखरा र अन्य शहरसम्म भ्रष्टाचार विरोधी प्रदर्शन हुने तयारी छ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं बिपी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ परेका छन्। उनलाई चैत २५ मा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
कांग्रेस सांसद डा. सुनिल शर्माले डा. शेखर कोईरालाको पक्षमा हाल पार्टीमा ६० प्रतिशत सांसद रहेको दाबी गरेका छन्। उनले सरकारमा रहेका शेखर पक्षीय मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भएको र अर्को बैठकबाट निर्णय हुने बताए।
बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्डमा गत एक वर्षमा ६३ पटक सडक अवरुद्ध भएको छ। भारी वर्षा र पहिरोका कारण सडकमा बारम्बार समस्या देखिन थालेको छ। विनयी खोला पुल भाँचिएपछि यातायात थप अव्यवस्थित बनेको थियो भने हाल सडक विस्तार र मर्मतका काम तीव्र रुपमा भइरहेको छ।
साउन ४ गते काभ्रेको भुम्लु गाउँपालिका–८ पौवा नजिकै काठमाण्डौ जाँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएको छ। बसमा सवार ३२ जनामध्ये ७ जना घाइते भएका छन्, जसलाई धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ।
गृहमन्त्री रमेश लेखकले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन्। अपराध नियन्त्रण, अनुसन्धान र सुशासन प्रवर्द्धनमा गृह मन्त्रालय गम्भीर रूपमा क्रियाशील रहेको उनले उल्लेख गरे।
सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल रू ७० अनुदान घटाएर रू ३५ मात्र दिने निर्णय गरेपछि किसान आक्रोशित भएका छन्। उनीहरूले यस्तो आधा अनुदान अस्वीकार्य भन्दै खेतीमै विछोडको चेतावनी दिएका छन्।