सल्यानमा जिप दुर्घटना, तीन जनाको मृत्यु र सात घाइते
सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरा सडक खण्डमा इभी दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्डमा गत एक वर्षमा ६३ पटक सडक अवरुद्ध भएको छ। भारी वर्षा र पहिरोका कारण सडकमा बारम्बार समस्या देखिन थालेको छ। विनयी खोला पुल भाँचिएपछि यातायात थप अव्यवस्थित बनेको थियो भने हाल सडक विस्तार र मर्मतका काम तीव्र रुपमा भइरहेको छ।
गृहमन्त्री रमेश लेखकले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन्। अपराध नियन्त्रण, अनुसन्धान र सुशासन प्रवर्द्धनमा गृह मन्त्रालय गम्भीर रूपमा क्रियाशील रहेको उनले उल्लेख गरे।
सर्लाहीको लालबन्दी नगरपालिका–९ मा आज बिहान गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ।
डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च. ३७४९ नम्बरको कारले निलगाईलाई ठक्कर दिँदा सो घटना भएको हो।
सप्तरीमा डिजेल बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मृतकमध्ये महेश कुमार मेहताको घटनास्थलमै र जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्यांकर चालक मिथलेश यादव घाइते छन्।
सप्तरीमा कंचनरूप नगरपालिका-१ बरमझियास्थित सडकमा यात्रुबहाक बसको ठक्करबाट २७ वर्षीय उमेश मुखियाको मृत्यु भएको छ। काकरभिट्टाबाट वीरगन्जतर्फ जाँदै गरेको बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका मुखियालाई गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा निधन भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।
महोत्तरी जिल्लामा एउटा दुखद दुर्घटना घटेको छ । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट दुर्घटना वृद्ध साइकल यात्रीको ज्यान गएको छ। बर्दिवास-जलेश्वर सडक खण्डमा पर्ने औरही नगरपालिका-१ को औरही बजार चोकभन्दा करिब १५० मिटर उत्तरमा यो दुर्घटना भएको हो। ज १२ प ८८३५ नम्बरको मोटरसाइकलले तीव्र गतिमा साइकल यात्रीलाई ठक्कर दिँदा ७० वर्षीय इस्लाम अन्सारीको मृत्यु भएको हो।साइकल…
सिन्धुलीको फिक्कलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा प्रहरी असई र हवल्दारको दुखद निधन भएको छ। दुर्घटना मोटरसाइकल अनियन्त्रित भई भएको बताइएको छ। प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका-९ का प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलमा सवार भिमादनगरपालिका-७ तनहुँका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गरेर पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा अपराह्न ४ बजे मोटरसाइकल अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते हवल्दार श्रेष्ठलाई काठमाडौंको नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको थियो।