पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी बन्द

पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी बन्द

काठमाडौं, असोज ८ गते । अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो खसेपछि केही समय एकतर्फी भएको थियो ।धादिङको कृष्णभिर सडकखण्डमा पहिरो खसेपछि केही समय एकतर्फी भएको सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ। बिहान खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्गमा सवारी आवतजावत सामान्य बनेको थियो।

तर, लगातार वर्षाका कारण थप पहिरो खस्ने जोखिम बढेपछि कृष्णभिर सडकखण्डमा राति-को समयमा सवारी सञ्चालन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडक बन्द रहनेछ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार अहिले कृष्णभिरमा दुवैतर्फ सवारीसाधन सञ्चालन भइरहेका छन्। यद्यपि, सडकको अवस्था निगरानी गर्न प्राविधिक टोली, होल्डिङ सेन्टर, जेसीबी तथा प्रहरी टोली तयारी अवस्थामा राखिएको छ।

भारी वर्षाका कारण सडकमा पुनः पहिरो खस्न सक्ने र सडकको अवस्था जोखिमपूर्ण बन्न सक्ने भएकाले राति-को समयमा सवारी रोक्ने निर्णय गरिएको हो। बन्द अवधिमा सडकको अवस्था निरीक्षण गरिनेछ। साथै, आवश्यक व्यवस्थापनको कामसमेत गरिने प्रशासनले जनाएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी सुरज कार्कीका अनुसार बिहान कृष्णभिरलगायत केही स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग केही समय एकतर्फी बनेको थियो। पहिरो पन्छाएपछि बिहानैदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो।

अहिले कृष्णभिरमा सवारीसाधनको आवतजावत भइरहेको छ। तर, वर्षा निरन्तर भइरहेकाले राजमार्गका विभिन्न स्थानमा पहिरो तथा लेदो खस्न सक्ने जोखिम छ। त्यसैले सुरक्षा निकायले सडकको अवस्था निरन्तर निगरानी गरिरहेको छ।

यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण कृष्णभिर सडकको केही भाग क्षतिग्रस्त भएको थियो। त्यसपछि पृथ्वी राजमार्गको उक्त खण्ड लामो समय अवरुद्ध बनेको थियो। सडक भासिएपछि नयाँ ट्रयाक निर्माण गरिएको थियो। असोज १ गतेदेखि उक्त सडकखण्डमा दुईतर्फी सवारी सञ्चालनमा आएको थियो।

हाल पुनः वर्षाका कारण जोखिम बढेपछि प्रशासनले राति-को आवागमन रोक्ने निर्णय गरेको हो। विशेषगरी राति-को समयमा दृश्यता कम हुने भएकाले पहिरो-को जोखिममा यात्रा थप जोखिमपूर्ण हुन सक्छ।

पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी बन्द

डिएसपी कार्कीले यात्राका क्रममा सडकको अवस्थालाई ध्यानमा राखी सुरक्षित यात्रा गर्न आग्रह गरेका छन्। आवश्यक सहयोग र समन्वयका लागि जिल्ला आपतकालीन कार्य-सञ्चालन केन्द्रको १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा पनि सम्पर्क गर्न सकिने जनाइएको छ।

भारी वर्षाका कारण पृथ्वी राजमार्गका अन्य स्थानमा समेत पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले सवारी चालकलाई तत्कालीन सडक अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *