सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको हो।

आज १ गते दिउँसो २ बजे मधेश प्रदेश ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भएको थियो। त्यसपछि उक्त माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गबाट करिब २० मिटर तल खसेको हो। माइक्रोबस अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको जनाइएको छ।

दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ। यद्यपि, घाइतेमध्ये हालसम्म ९ जनाको मात्र परिचय खुलेको छ।

पहिचान खुलेका घाइतेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ निवासी दीपक कुमार दास रहेका छन्। त्यस्तै, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानी कुमारी मण्डल पनि घाइते भएकी छन्।

यसैगरी, शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित घाइते भएका छन्। उनीहरूलाई पनि उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनामा ललितपुरको भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह पनि घाइते भएकी छन्। उनीसँगै उनकी १६ वर्षीया छोरी जेनी साह, ११ वर्षीया छोरी सफलता साह र ३ वर्षीया छोरी ओमी साह घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *