डा. स्वर्णिम वाग्ले: सुशासनले दश वर्षभित्र नेपालमा समृद्धिको नयाँ युग ल्याउन सक्छ

डा. स्वर्णिम वाग्ले: सुशासनले दश वर्षभित्र नेपालमा समृद्धिको नयाँ युग ल्याउन सक्छ

कास्की । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले ले नेपाली राजनीतिमा सुशासन र पारदर्शिता कायम गर्न सके मुलुकले आगामी दश वर्षभित्र समृद्धिको नयाँ युग सुरु गर्न सक्ने बताएका छन्। तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै उनले राजनीतिक दलहरूले सुशासन र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

डा. वाग्लेले नेपाली जनताको प्राथमिकता विकास र सुशासन भएको स्मरण गराउँदै राजनीतिलाई पेसा बनाउने प्रवृत्ति नै देशको प्रगतिमा मुख्य बाधक भएको बताए। उनले कोरोना महामारीपछि उत्पन्न आर्थिक समस्यालाई समाधान गर्न र अर्थतन्त्रलाई सुधार गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा आएर सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।

देशलाई समृद्धितर्फ उन्मुख गराउन दीर्घकालीन योजना र सबै क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै उनले राजनीतिमा स्वच्छता र उत्तरदायित्वको अभ्यासले मात्र राष्ट्रको समृद्धि सुनिश्चित हुने धारणा राखे। उनका अनुसार, राजनीतिक स्थिरता, सुशासन, र विकासमुखी दृष्टिकोणले देशलाई आर्थिक र सामाजिक रूपले सबल बनाउन सहयोग गर्नेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *