नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुका कारण हवाई सेवा ठप्प, यात्रु प्रतिक्षामा

नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुका कारण हवाई सेवा ठप्प, यात्रु प्रतिक्षामा

नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सु र शीतलहरका कारण आज बिहानैदेखि हवाई सेवा पूर्ण रूपमा ठप्प भएको छ।

नागरिक उड्डयन कार्यालयका ट्राफिक कन्ट्रोलरका अनुसार, भिजिबिलिटी केवल ५० मिटर मात्र रहेकाले कुनै पनि उडान सम्भव भएको छैन। नेपालगञ्जबाट काठमाडौं, धनगढी, पोखरा र पहाडी जिल्लामा दैनिक ५० भन्दा बढी उडान हुने गर्छन्, तर आवश्यक भिजिबिलिटी नपुग्दा सबै उडान रोकिएका छन्।

जहाज उडाउन एक हजार भिजिबिलिटी र अवतरणका लागि एक हजार छ सय भिजिबिलिटी चाहिन्छ, तर अहिलेको अवस्था यसका लागि पर्याप्त छैन। शीतलहरले यस क्षेत्रको जनजीवनलाई समेत निकै प्रभावित बनाएको छ, र यात्रुहरू विमानस्थलमा उडानको प्रतिक्षामा बसिरहेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *