बाँसगढीमा जुवातास खेल्दा ६ जना पक्राउ

बाँसगढीमा जुवातास खेल्दा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिका-४ मगरपुरस्थित कृष्ण अधिकारीको कुखुरा फर्ममा जुवातास खेल्दा पक्राउ परेका कृष्ण अधिकारीसहित अन्य ६ जनालाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले नगद ४४ हजार २ सय ९० रुपैयाँ, १ सय १० पत्ती तास, ३ बुक नखोलेको तास, मोबाइल ६ थान र १ थान मोटरसाइकलसहित पक्राउ गरेको छ। जुवातास खेल्दा पक्राउ परेका व्यक्तिहरूबाट बरामद सामग्रीहरू पनि प्रहरीको नियन्त्रणमा छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ। प्रहरीले गैरकानुनी गतिविधिमा संलग्नहरूको पहिचान र कारबाहीलाई प्रभावकारी बनाउन आफ्नो कामलाई तीव्रता दिइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *