सर्लाही मा स्कारपियोले ठक्कर दिदा एक जनाको मृत्यु
बरहथवा स्कारपियो दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
बरहथवा स्कारपियो दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
मधेसमा शृंखलावद्ध हत्या र शंकास्पद मृत्युका घटना बढ्दै जाँदा स्थानीयमा त्रास फैलिएको छ। धनुषामा एक सातामै तीन शव फेला परेका छन्।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा ९ का वडाध्यक्ष बिन्देश्वर यादवको शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ। प्रहरीले घटनाको कारण र दोषीको पहिचानका लागि अनुसन्धान अघि बढाएको छ।
सर्लाहीको हरिवनमा प्रेम विवाह गरेर भागेका जोडीलाई नियन्त्रणमा लिन माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध पारेका छन्। प्रहरीको पहलपछि राजमार्ग पुनः सुचारु भएको छ।
सिरहा कारागारमा आइतबार कैदीबन्दीहरूबीच आन्तरिक विवादका कारण झडप हुँदा १३ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
सर्लाहीको बलरा नगरपालिका–१० मा भएको दुई पक्षबीचको झडपमा १३ जना घाइते भएका छन् भने घटनाको अनुसन्धान र सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।
इटहरी उपमहानगरपालिका–१२ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की यात्रु घाइते भएकी छन्। प्रहरीका अनुसार, अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको हो।
जनकपुरधामस्थित मधेस प्रदेश भवनभित्र मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला परेका छन्। उनको मृत्युको कारण खुल्न नसके पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलको शव फेला परेको छ। शुक्रबार बेलुकीदेखि बेपत्ता भएकी उनी आज बिहान ५ बजे घरदेखि ५ सय मिटर टाढा मृत अवस्थामा भेटिइन्। घटनाको थप अनुसन्धान जारी छ।
बाराको कलैया उपमहानगरपालिका–१ स्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा कुटपिटबाट ३२ वर्षीय प्रदीपप्रसाद मण्डलको मृत्यु भएको घटनाका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पीडित परिवारले माग गरेको छ।