अभिनेता विपिन कार्कीलाई मातृशोक, आमाको निधन

अभिनेता विपिन कार्कीलाई मातृशोक, आमाको निधन

काठमाडौं: पछिल्लो समयका चर्चित अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ। उहाँकी आमा सरस्वती कार्कीको आज पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

सरस्वती कार्की केही समयदेखि मिर्गौला लगायत अन्य दीर्घ रोगबाट पीडित हुनुहुन्थ्यो। ७२ वर्षीया उहाँलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि एक हप्तादेखि आईसीयूमा राखिएको थियो।

अभिनेता विपिन कार्कीलाई मातृशोक, आमाको निधन
अभिनेता विपिन कार्कीलाई मातृशोक, आमाको निधन

अभिनेता विपिन कार्की हाल ऊनको स्वीटर को सुटिङमा व्यस्त हुनुहुन्थ्यो। तर, आमाको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर पाएपछि उहाँ सुटिङ सेटबाटै काठमाडौं आउनुभएको थियो।

केहीबेर अघि पशुपति आर्यघाटमा उहाँकी आमाको दाहसंस्कार गरिएको छ। विपिन कार्कीको यस कठिन घडीमा परिवारजन र शुभचिन्तकहरूले उहाँलाई धैर्य र शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *