काठमाण्डौंः सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक भर्खरै शुरु भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री आरजु राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, र रक्षा मन्त्री मानविर राई सहितका मन्त्रीहरू सहभागी भएका छन्।
यो बैठकले वर्तमान सरकारका विभिन्न नीतिगत निर्णयहरूबारे छलफल गर्ने अपेक्षा गरिएको छ। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक हालैको राजनीतिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै महत्त्वपूर्ण निर्णयहरूको तयारीमा रहेको बताइएको छ।