रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु

रौतहट : रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानीका लागि मोटर चलाउने क्रममा यादवलाई बुधबार करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *