काठमाडौं : दार्चुला तुइन : दुम्लिङमा स्थानीय अझै तुइनको भरमा महाकाली नदी वारपार गर्न बाध्य छन्। तुइन दुर्घटनामा ३६ जनाको ज्यान गएपछि पुल निर्माणको माग फेरि उठेको छ। दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीयको दैनिक जीवन अझै तुइनमा निर्भर छ। बालबालिका, बिरामी, ज्येष्ठ नागरिक र सर्वसाधारणले महाकाली नदी पार गर्न हरेक दिन ज्यान जोखिममा राख्नुपरेको छ। उपचार, शिक्षा, रोजगारी तथा दैनिक उपभोगका सामग्री ओसारपसारका लागि पनि उनीहरू तुइनकै सहारा लिन बाध्य छन्।
दुम्लिङबाट भारततर्फको गर्बाधार जोड्ने महाकाली नदीमाथि स्थानीयले अस्थायी तुइन प्रयोग गर्दै आएका छन्। महाकाली नेपाल र भारतको साझा नदी भएकाले स्थायी संरचना निर्माणका लागि दुवै देशको सहमति आवश्यक पर्छ। वर्षायाममा सडक सञ्चालन नहुने र पैदल यात्रा पनि जोखिमपूर्ण भएकाले स्थानीयसँग तुइन प्रयोग गर्नुको विकल्प छैन।
वडा कार्यालयका अनुसार विसं २०५० देखि २०८२ असार ३१ गतेसम्म तुइन दुर्घटनामा कम्तीमा ३६ जनाले ज्यान गुमाएका छन्। तीमध्ये २३ जनाको अभिलेख वडा कार्यालयमा रहेको छ भने बाँकी घटनाको आधिकारिक विवरण उपलब्ध छैन। तुइन प्रयोगका क्रममा धेरै स्थानीय महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।
स्थानीयले वर्षौंदेखि दुम्लिङ क्षेत्रमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको माग गर्दै आएका छन्। भारततर्फ कालोपत्रे सडक भए पनि नेपालतर्फ सडक पहुँच कमजोर छ
दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा



