भारतले नेपालका बाढी प्रभावितका लागि राहत पठायो

भारतले नेपालका बाढी प्रभावितका लागि राहत पठायो

काठमाडौं । छिमेकी देश भारतले नेपालका बाढी प्रभावितका लागि राहत सामग्री पठाएको छ।

बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारको आवश्यकता बढेको छ।

अन्तर्राष्ट्रिय समुदायबाट भारतले पहिलोपटक नेपाललाई राहत सामग्री पठाएको हो।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले यसबारे जानकारी दिएका छन्।

उनका अनुसार नेपालका बाढी प्रभावितलाई लक्षित गरी १० टन मानवीय सहायता पठाइएको छ।
साथै, अत्यावश्यक औषधि पनि राहत सामग्रीसँगै पठाइएको छ।

विपद्को कठिन अवस्थामा भारत नेपाल र नेपाली जनताको पक्षमा उभिएको जयशंकरले बताएका छन्।
उनले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनवार्ता गरेका थिए।
फोनवार्ताका क्रममा मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

उत्तरी सीमाना तिब्बतबाट आएको बाढीले रसुवासहित विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ।

बाढीका कारण नुवाकोट लगायतका जिल्लामा पनि ठूलो धनजनको क्षति भएको छ।

नेपालमा बाढीपछि उद्धार, खोजी र राहत वितरणलाई तीव्रता दिइएको छ।
प्रभावित क्षेत्रमा थप मानवीय सहायता आवश्यक रहेको बताइएको छ।

भारतले नेपालका बाढी प्रभावितका लागि राहत पठायो
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *