Bagmati
त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा शव फेला पारेको हो।
भोटेकोशी बाढीपीडितका लागि लालबन्दीबासीले गरे राहत संकलन
भोटेकोशी बाढीपीडितका लागि सर्लाहीको लालबन्दीमा स्थानीय तथा विभिन्न संघसंस्थाले राहत संकलन गरेका छन्। खाद्यान्न, कपडा, भान्छाका सामग्री र नगद सहयोग जुटाइएको छ।
भोटेकोशी बाढीपीडितका लागि सिरहाका पाँच पालिकाको सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सिरहाका पाँच पालिकाले ५१ लाख १३ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएका छन्।
त्रिशूली–३ ‘ए’ : सुरुङबाट एक जनाको जीवितै उद्धार
भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ। अन्य व्यक्तिको खोजी जारी छ।
प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोड जम्मा
रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ।
रसुवामा बाढीपछि पाँच दिनसम्म राहत नपाउँदा हाहाकार
रसुवामा बाढीपछि पाँच दिनसम्म राहत नपाउँदा हाहाकार भोटेकोशी बाढी आएको पाँच दिन बित्दा रसुवाका प्रभावित बस्तीमा राहतको अभाव देखिएको छ। खाद्यान्न सकिँदै गएपछि स्थानीयले तत्काल राहतको माग गरेका छन्।
रसुवामा बाढी प्रभावितलाई नेपाल प्रहरीद्वारा स्वास्थ्य सेवा
रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री शिवालय आधारभूत विद्यालयमा उद्धार गरी ल्याइएका बाढी प्रभावितलाई नेपाल प्रहरीले स्वास्थ्य सेवा प्रदान गरेको छ।
मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी
मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ। निगमले हेटौंडा हुँदै वैकल्पिक मार्गबाट इन्धन आपूर्ति गर्ने तयारी गरेको छ।
काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध, बाढीले सडक कटान गर्दा यात्रु अलपत्र
बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदीमा आएको तीव्र बहावले सडकको तल्लो भाग कटान गर्दा सडक केही भासिएको छ भने यात्रुहरू अलपत्र परेका छन्।
बाढी प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ।



