चरिकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामान भेटिएपछि चेतावनी
काठमाडौँ , असोज १ गते । दोलखाको चरिकोट बजारमा खाद्य तथा ग्यास डिलरहरूको अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलको नेतृत्वमा बुधबार बजार अनुगमन गरिएको हो। पशुपति मन्दिर डाँडाबाट सुरु भएको अनुगमन सातदोबाटो चोकसम्म गरिएको थियो। अनुगमनका क्रममा खाद्यजन्य सामान बिक्री गर्ने पसल तथा ग्यासका सबै डिलरहरूको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी…



