काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको हो।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विभिन्न क्षेत्र प्रभावित भएका र बाढीका कारण नागरिकको जनजीवन प्रभावित भएको कारण उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता बढेको छ।
यस्तो विपद्को समयमा बैंकले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।
त्यसैले बैंकले सरकारको राहत तथा उद्धार प्रयासमा सहयोग गरेको जनाएको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।
सहयोगले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सिटिजन्स बैंकले राष्ट्रिय विपद्का समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
यसपटक पनि बैंकले सरकारको राहत अभियानमा सहयोग गरेको हो।
बैंकका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण कार्य हो।
साथै, आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बैंकले जनाएको छ।




