राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने निर्णय गरेको छ।
  • सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेलाई जिम्मेवारी दिने तयारी भइरहेको छ।
  • सभापति शेरबहादुर देउवाको नेतृत्वमा शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको छ।

१० भदौ, काठमाडौं। नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने भएको छ ।

सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो ।

समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ ।

समिति सभापतिका लागि दिलेन्द्र बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतलगायत आकांक्षी थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *