नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक त्रिशूलीको किनारमा खस्यो

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक त्रिशूलीको किनारमा खस्यो

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

भारतको लखनउबाट काठमाडौंतर्फ मेवा बोकेर आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको आयसर मिनी ट्रक आफैँ अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा ट्रक चालक २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । दुवै जना भारतको लखनउ निवासी हुन् ।

दुवैको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *