कैलालीमा नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गयो, दुईको सकुशल उद्धार

कैलालीमा नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गयो, दुईको सकुशल उद्धार

कैलाली ,चैत २ : कैलालीको मोहना नदीमा साथीहरूसँग नुहाउने क्रममा दुई किशोरको ज्यान गएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१९ का १६ वर्षीय आश्रित ओझा र १५ वर्षीय दिनेश ओझा रहेका छन्। आश्रित कक्षा १० र दिनेश कक्षा ९ मा अध्ययनरत विद्यार्थी थिए।

यसै क्रममा नदीमा डुबेका १५ वर्षीय आदर्श पुजारा र १६ वर्षीय करनसिंह धामीको भने सकुशल उद्धार गरिएको छ। उनीहरूलाई तुरुन्तै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार चारै जना शुक्रबार नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा डुबेपछि खोजी तथा उद्धार कार्य अघि बढाइएको थियो। मृतकहरूको शव घटनास्थलभन्दा ३० मिटर पर फेला परेको थियो। खोजी तथा उद्धारमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी टोली र धनगढी नगर प्रहरीले संयुक्त रूपमा भूमिका निर्वाह गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *