सर्लाहीमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

सर्लाहीमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

सर्लाही ,०७ फागुन : ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाही जिल्लामा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सदरमुकाम मलंगवामा प्रभातफेरी, झण्डोत्तोलन, रक्तदान तथा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस

बिहान सबेरै मलंगवा बजार क्षेत्रमा प्रभातफेरी निकालिएपछि जिल्ला प्रशासन कार्यालयमा झण्डोत्तोलन कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो भने ३ बिघे मैदानमा राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता पनि गरियो, जसमा कर्मचारी टोलीले जनप्रतिनिधि टोलीलाई १०५ रनले पराजित गर्‍यो।

गणतन्त्र र वर्तमान संविधानको जग २००७ सालको क्रान्ति थियो : राष्ट्रपति पौडेल

प्रजातन्त्र दिवस समारोह जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय मूल समारोह समितिका संयोजक कौशलकिशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा सुरक्षा अधिकारी, सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, कर्मचारी तथा नागरिक समाजका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय प्रजातन्त्र दिवस

यस अवसरमा जिल्लाका सरकारी कार्यालयहरूमा झण्डोत्तोलनसहित विभिन्न कार्यक्रम आयोजना गरियो भने साँझ दीप प्रज्वलन गर्ने तयारी गरिएको छ। नेपालमा २००७ साल फागुन ७ गते जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाइन्छ।

यही जगमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना, २०६३ सालमा लोकतन्त्र प्राप्ति, २०६५ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासहित २०७२ सालमा संविधान घोषणा गरिएको थियो। यद्यपि, नागरिकहरू अझै आफ्ना अपेक्षाअनुसारको परिवर्तन नआएको भन्दै असन्तुष्ट देखिन्छन्। दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *