काठमाडौं। बालकुमारीमा प्रदर्शनका क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले लोकपथलाई जानकारी दिए । मृतक युवकको पहिचान खुलेको छैन।
त्यस्तै, प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर यसअघि एक जनाको मृत्यु भइसकेकाे छ । उनकाे उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो ।


