गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति

गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति, मानवीय क्षति भएन

२१ साउन, गोरखा। गोरखामा अविरल वर्षापछि खसेको पहिरोले पेट्रोल पम्प र एक घरमा क्षति पुगेको छ। गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्प तथा पालुङटार नगरपालिका–१ कोलकोटेको एक घर प्रभावित भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब ६ बजे पेट्रोल पम्प पछाडिबाट आएको पहिरोले डिस्टेन्सर मेसिन पुरेको छ। साथै पार्किङमा रहेका पाँच वटा मोटरसाइकलसमेत पुरिएका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै बुधबार राति लेदोसहित आएको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भूकम्पपछि निर्माण गरिएको उक्त घरमा बस्न नसकिने भएपछि परिवार पुरानो घरमा सरेको छ।
प्रहरीका अनुसार दुवै घटनामा मानवीय क्षति भएको छैन। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ भने थप जोखिमको अवस्थाबारे निगरानी भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *