दसैंमा नबिकेपछि ब्रोइलर कुखुराको मूल्य घटाउने तयारीमा व्यवसायी

ब्रोइलर कुखुरा

दसैंका लागि लक्षित गरेर पालेका ब्रोइलर कुखुरा नबिकेपछि व्यवसायीले मूल्य घटाउने तयारी गरेका छन् ।

खुद्रा बजारमा चार सय रुपैयाँमा बिक्री भइरहेको कुखुराको मासुको मूल्य कति घटाउने भन्ने विषयमा छलफल भइरहेको पोल्ट्री व्यवसायी महासंघले जानकारी दिएको छ ।

किसानले अहिले जिउँदो खुकुरा प्रतिकिलो २ सय रुपैयाँमा व्यवसायीलाई बिक्री गर्दै आएका छन् । खुद्रा बजारमा भने ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

अघिल्लो वर्षको दसैंमा देशभर दैनिक १२ लाख किलो खुकुराको मासु खपत भए पनि यो वर्ष दैनिक ७ लाख किलो पनि खपत हुन सकेको छैन ।

बैंकको ब्याज, कुखुराको दाना र श्रमिकको ज्याला बढेर उत्पादन लागत बढे पनि मासु खपत कम हुादा व्यवसायी विस्थापित हुन थालेको महासंघले जनाएको छ ।

व्यवसायीले साना तथा मझौला व्यवसायीलाई टिकाउन आयातित कच्चा पदार्थको भन्सार महसुल घटाउन, फ्रोजन चिकेनको आयात रोक्न, सिमावर्ती क्षेत्रमा भइरहेको तस्करी रोक्न माग गरेका छन् ।

सरकारको गलत नीतिकै कारण अहिलेसम्म आधा जसो हृयाचरी उद्योग बन्द भएको व्यवसायीको भनाइ छ । अहिले साढे १ सय मात्र हृचारी उद्योग सञ्चालनमा छन् । हप्तामा ४५ लाख चल्ला उत्पादन हुने गरेको अहिले २४ लाख मात्र भइरहेको छ । कुखुरापालन व्यवसायमा करिव

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *