दसैंमा नबिकेपछि ब्रोइलर कुखुराको मूल्य घटाउने तयारीमा व्यवसायी

ब्रोइलर कुखुराको

दसैंका लागि लक्षित गरेर पालेका ब्रोइलर कुखुरा नबिकेपछि व्यवसायीले मूल्य घटाउने तयारी गरेका छन् ।खुद्रा बजारमा चार सय रुपैयाँमा बिक्री भइरहेको ब्रोइलर कुखुराको मासुको मूल्य कति घटाउने भन्ने विषयमा छलफल भइरहेको पोल्ट्री व्यवसायी महासंघले जानकारी दिएको छ ।

किसानले अहिले जिउँदो खुकुरा प्रतिकिलो २ सय रुपैयाँमा व्यवसायीलाई बिक्री गर्दै आएका छन् । खुद्रा बजारमा भने ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

अघिल्लो वर्षको दसैंमा देशभर दैनिक १२ लाख किलो खुकुराको मासु खपत भए पनि यो वर्ष दैनिक ७ लाख किलो पनि खपत हुन सकेको छैन ।बैंकको ब्याज, कुखुराको दाना र श्रमिकको ज्याला बढेर उत्पादन लागत बढे पनि मासु खपत कम हुादा व्यवसायी विस्थापित हुन थालेको महासंघले जनाएको छ ।

व्यवसायीले साना तथा मझौला व्यवसायीलाई टिकाउन आयातित कच्चा पदार्थको भन्सार महसुल घटाउन, फ्रोजन चिकेनको आयात रोक्न, सिमावर्ती क्षेत्रमा भइरहेको तस्करी रोक्न माग गरेका छन् ।

सरकारको गलत नीतिकै कारण अहिलेसम्म आधा जसो हृयाचरी उद्योग बन्द भएको व्यवसायीको भनाइ छ । अहिले साढे १ सय मात्र हृचारी उद्योग सञ्चालनमा छन् । हप्तामा ४५ लाख चल्ला उत्पादन हुने गरेको अहिले २४ लाख मात्र भइरहेको छ ।

ब्रोइलर कुखुराको
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *